एसियन क्वालिफायर्समा दक्षिण एसियाबाट निराशाजनक नतिजा: नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेश पराजित, भारत भने विजयी

काठमाडौं: एएफसी एसियन कप छनोट अन्तर्गत आज राति सम्पन्न १२ खेल मध्ये पाँच दक्षिण एसियाली देशको पनि खेल सम्पन्न भएको छ। आज सम्पन्न खेलमा दक्षिण एसियाका नेपालसहित माल्दिभ्स, बंगलादेश र श्रीलंकाले पराजय ब्यहोरेका छन्। समूह 'ए' को खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित हुँदा समूह 'ई' मा बंगलादेश बहराइनसँग २-०…

सम्बन्धित सामग्री

टि २० विश्वकपमा एसोसिएट राष्ट्र स्कटल्याण्डले वेस्ट इन्डिजलाई हरायो

टि २० क्रिकेट विश्वकप अन्तर्गत आजको खेलमा एसोसिएट राष्ट्र स्कटल्याण्डले वेस्ट इन्डिजलाई हराएको छ ।  प्रतियोगिताको उद्घाटन खेलमा एसोसिएट राष्ट्र नामिबियाले श्रीलंकालाई स्तब्ध पारेको भोलिप्लट नै स्टकल्याण्डले वेस्ट इन्डिजलाई हराएको हो। खेलमा टस हारेर पहिले ब्याटिंग गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६० रन बनाएको थियो । १६१ रनको लक्ष्य लिएर मैदान उत्रेको वेस्ट इन्डिज १८.३ ओभरमा अल आउट हुदै  ११८ रन मै सिमित भएपछि स्टकल्याण्ड ४२ रनले विजयी भएको हो । हिजोबाट विश्वकप प्रतियोगिताको पहिलो राउण्डको खेल सुरु भएको हो । पहिलो राउण्डमा ८ टिम सहभागी छन् । समुह ए मा नामिबिया, श्रीलंका, युएई रनेदरल्याण्ड रहेका छन् । त्यस्तै समुह बि मा आयरल्याण्ड, वेस्ट इन्डिज, स्कटल्याण्ड र जिम्बाबे रहेका छन् । दुवै समुहबाट शिर्ष स्थानमा रहने २ टिम मुख्य प्रतियोगितामा प्रवेश गर्ने छन् । मुख्य प्रतियोगितामा १२ टिम रहने छन् । उनीहरु २ समुहमा रहने छन् । पहिलो समुहमा इंग्ल्यान्ड, न्युजील्याण्ड, अष्ट्रेलिया, अफगानिस्तान, र पहिलो राउण्डबाट आउने २ टोली रहने छन् । त्यस्तै दोस्रो समुहमा भारत, पाकिस्तान, बंगलादेश, साउथ अफ्रीका, र पहिलो राउण्डबाट आउने २ टोली रहने छन् ।

महिला साफ च्याम्पियनसिप : आज भारत र पाकिस्तान तथा बंगलादेश र माल्दिभ्स खेल्दै

काठमाण्डाै – महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । आज भारत र पाकिस्तान तथा बंगलादेश र माल्दिभ्सबीच खेल हुनेछ । भारत र पाकिस्तानबीचको खेल दिउँसो एक बजे तथा बंगलादेश र माल्दिभ्सको खेल बेलुका साढे ५ बजे हुनेछ । दुवै खेल दशरथ रंगशालामा हुनेछन् । प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । हिजोदेखि काठमाण्डौमा सुरु भएको प्रतियोगितामा नेपालले उद्घाटन खेलमा भुटानलाई ४–० गोलले हराउँदै विजयी सुरुवात गरेको हो । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगल...

भारत र श्रीलंका यू–१९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र श्रीलंका युएईमा जारी एसिसी यू–१९ एसिया कप २०२१ को फाइनलमा पुगेका छन् । बिहीबार भएको सेमिफाइनलमा भारतले बंगलादेश र श्रीलंकाले पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन् । पहिलो सेमिफाइनल खेलमा श्रीलंकाले पाकिस्तानलाई २२ रनले पराजित गर्यो । १ सय ४८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४९.३ ओभरमा १ सय […]

टि २० विश्वकप सेमिफाइनलको लागि रिजर्भ डे, सुपर ओभर पनि बराबर भए के हुन्छ ?

युएईमा जारी टि २० क्रिकेट विश्वकपको सुपर १२ चरणको खेल सकिएका छन् । यस संगै अब सेमिफाइनल पुग्ने ४ टोलीको टुंगो लागेको छ । ग्रुप १ बाट इंग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा पुगेका छन् भने ग्रुप २ बाट पाकिस्तान र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेका छन् । इंग्ल्यान्ड र अष्ट्रेलिया ५ मध्ये ४ मा जित निकाल्दै सेमिफाइनलमा पुगेका हुन् । साउथ अफ्रीकाले पनि ५ मध्ये ४ मा जित निकालेर समान ८ अंक जोडेपनि रनरेटको आधारमा पछि परेर सेमिफाइनल पुग्न सकेन । यस समुहबाट साउथ अफ्रीकासंगै श्रीलंका, वेस्ट इन्डिज, र बंगलादेश बाहिरिएका छन् । उता ग्रुप २ बाट ५ मध्ये ५ मै जित निकाल्दै पाकिस्तान १० अंक सहित शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो भने न्युजिल्यान्ड ५ मध्ये ४ मा जित निकाल्दै सेमिफाइनलमा पुगेको हो । यस समुहबाट भारत, अफगानिस्तान, नामिबिया र स्कटल्याण्ड बाहिरिएका छन् । स्कटल्याण्डले १ खेल पनि जित्न सकेन भने, नामिबियाले २, र भारतले ३ खेल जित्यो । यस संगै अब सेमिफाइनलमा कार्तिक २४ गते बुधबार इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्ने छन् भने कार्तिक २५ गते बिहिबार पाकिस्तान र अष्ट्रेलिया भिड्ने छन् । दुवै खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुने छ । दुवै सेमिफाइनल खेलको लागि लागि रिजर्भ डे छुट्याईएको छ । यदि कुनै कारणवश तोकिएको दिनमा खेलको नतिजा आउँन नसके खेल रिजर्भ डेमा खेलाईने छ । तर सोहि दिन ५ ओभरको भएपनि खेल खेलाऐर भए पनि नतिजा निकाल्ने कोशिश रहने छ । यदि सो पनि सम्भव नभएमा रिजर्भ डे मा खेल हुने छ । जहाँ खेल रोकिएको हो , रिजर्भ डे मा सोहि ओभरबाट खेल सुरु हुने छ । सेमिफाइनल खेलमा दुवै टोलीले समान रन बनाएमा खेल सुपर ओभरबाट निर्धारण हुने छ । सुपर ओभर भन्नेले दुवै टोलीले १ ओभर ब्याटिंग गर्ने छन् र त्यो १ ओभरमा जसले धेरै रन बनाउछ , उ नै विजयी हुन्छ । यदि सुपर ओभरमा पनि रन बराबरी भएमा नतिजा नआउँदासम्म आवश्यक परेसम्म सुपर ओभर हुने छ । तर यदि मौसम वा लाइटका कारण सुपर ओभर हुन नसकी खेलको नतिजा आउँन नसकेमा स्पर १२ को खेलको समुहमा जुन टिम माथि थियो त्यो टिम नै फाइनल पुग्ने छ । यसो भएमा इंग्ल्यान्ड र पाकिस्तानलाई फाइदा हुने छ ।

नेपालबाट साफका खेलको लाइभ हेर्न नपाईने

माल्दिभ्समा सुरू हुने साफ च्याम्पियनसिपका खेल नेपालमा प्रत्यक्ष प्रसारण नहुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको प्रयास असफल भएपछि नेपाली समर्थकले खेल हेर्न नपाउने भएका हुन् ।एन्फाले असोज ८ गते प्रत्यक्ष प्रसारणका लागि प्रस्ताव पेश गर्न न्यूनतम ४० लाख रुपैयाँ मूल्य तिर्नुपर्ने सार्वजनिक सूचना निकालेको थियो । तर, तोकेको मापदण्डअनुसार कसैले पनि प्रस्ताव गर्न नसकेपछि नेपालमा खेलको प्रत्यक्ष प्रशारण नहुने भएको हो ।साफअन्तर्गत नेपालले आज पहिलो खेलमा आयोजक माल्दिभ्ससँग खेल्दैछ। खेल नेपाली समयअनुसार ९ः४५ बजे सुरू हुनेछ। नेपाल र माल्दिभ्सबीच अहिलेसम्म १६ पटक भिडन्त भएको छ। जसमा नेपाल ४ खेलमा मात्र विजयी भएको छ । ४ खेलमा बराबरी खेलेको नेपाल ८ खेलमा पराजित भएको छ ।साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुँदैछ ।नेपालसहित पाकिस्तान र भुटानले अहिलेसम्म साफको उपाधि जित्न सकेका छैनन् । यी टिम अहिलेसम्म फाइनलमै पुग्न सकेका छैनन्।

श्रीलंकाले भारतलाई घरेलु मैदानमा हरायो

श्रीलंकाले भारतलाई ५ विकेटले हराउँदै कोलम्बोमा जारी भारत, श्रीलंका र बंगलादेश सम्मिलित टि-२० ट्राइसिरिजको पहिलो खेलमा विजयी सुरूवात गरेको छ। निदास ट्रफी अन्तर्गत कोलम्बोमा भएको पहिलो खेलमा श्रीलंकाविरूद्ध टस हारेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको थियो। १७५ रनको विजयी लक्ष्य घरेलु टोलीले ९ बल बाँकी छदै पुरा…

निदास ट्रफी : श्रीलंकाद्वारा भारत पराजित

कोलम्बोमा जारी भारत, श्रीलंका र बंगलादेश सम्मिलित टि-२० ट्राइसिरिजको पहिलो खेलमा श्रीलंकाले भारतलाई पराजित गरेको छ। निदास ट्रफी अन्तर्गत कोलम्बोमा भएको पहिलो खेलमा श्रीलंका पाँच विकेटले विजयी भएको हो। टस हारेर पहिलो ब्याटिङ गरेको भारतका लागि शिखर धवनले सर्वाधिक ९० रन बनाए। तर जारी प्रतियोगिताका लागि ओपनर र...