टि २० विश्वकप सेमिफाइनलको लागि रिजर्भ डे, सुपर ओभर पनि बराबर भए के हुन्छ ?

युएईमा जारी टि २० क्रिकेट विश्वकपको सुपर १२ चरणको खेल सकिएका छन् । यस संगै अब सेमिफाइनल पुग्ने ४ टोलीको टुंगो लागेको छ । ग्रुप १ बाट इंग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा पुगेका छन् भने ग्रुप २ बाट पाकिस्तान र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेका छन् । इंग्ल्यान्ड र अष्ट्रेलिया ५ मध्ये ४ मा जित निकाल्दै सेमिफाइनलमा पुगेका हुन् । साउथ अफ्रीकाले पनि ५ मध्ये ४ मा जित निकालेर समान ८ अंक जोडेपनि रनरेटको आधारमा पछि परेर सेमिफाइनल पुग्न सकेन । यस समुहबाट साउथ अफ्रीकासंगै श्रीलंका, वेस्ट इन्डिज, र बंगलादेश बाहिरिएका छन् । उता ग्रुप २ बाट ५ मध्ये ५ मै जित निकाल्दै पाकिस्तान १० अंक सहित शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो भने न्युजिल्यान्ड ५ मध्ये ४ मा जित निकाल्दै सेमिफाइनलमा पुगेको हो । यस समुहबाट भारत, अफगानिस्तान, नामिबिया र स्कटल्याण्ड बाहिरिएका छन् । स्कटल्याण्डले १ खेल पनि जित्न सकेन भने, नामिबियाले २, र भारतले ३ खेल जित्यो । यस संगै अब सेमिफाइनलमा कार्तिक २४ गते बुधबार इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्ने छन् भने कार्तिक २५ गते बिहिबार पाकिस्तान र अष्ट्रेलिया भिड्ने छन् । दुवै खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुने छ । दुवै सेमिफाइनल खेलको लागि लागि रिजर्भ डे छुट्याईएको छ । यदि कुनै कारणवश तोकिएको दिनमा खेलको नतिजा आउँन नसके खेल रिजर्भ डेमा खेलाईने छ । तर सोहि दिन ५ ओभरको भएपनि खेल खेलाऐर भए पनि नतिजा निकाल्ने कोशिश रहने छ । यदि सो पनि सम्भव नभएमा रिजर्भ डे मा खेल हुने छ । जहाँ खेल रोकिएको हो , रिजर्भ डे मा सोहि ओभरबाट खेल सुरु हुने छ । सेमिफाइनल खेलमा दुवै टोलीले समान रन बनाएमा खेल सुपर ओभरबाट निर्धारण हुने छ । सुपर ओभर भन्नेले दुवै टोलीले १ ओभर ब्याटिंग गर्ने छन् र त्यो १ ओभरमा जसले धेरै रन बनाउछ , उ नै विजयी हुन्छ । यदि सुपर ओभरमा पनि रन बराबरी भएमा नतिजा नआउँदासम्म आवश्यक परेसम्म सुपर ओभर हुने छ । तर यदि मौसम वा लाइटका कारण सुपर ओभर हुन नसकी खेलको नतिजा आउँन नसकेमा स्पर १२ को खेलको समुहमा जुन टिम माथि थियो त्यो टिम नै फाइनल पुग्ने छ । यसो भएमा इंग्ल्यान्ड र पाकिस्तानलाई फाइदा हुने छ । 

सम्बन्धित सामग्री

‘हाम्रा लागि प्रदर्शक र निर्माता बराबर हुन्’

अभिनेता तथा निर्माता दीपकराज गिरीले आफ्ना लागि प्रदर्शक र निर्माता बराबर रहेको बताएका छन्।

‘हाम्रा लागि प्रदर्शक र निर्माता बराबर हुन्’

अभिनेता तथा निर्माता दीपकराज गिरीले आफ्ना लागि प्रदर्शक र निर्माता बराबर रहेको बताएका छन्।

कर्णाली प्रदेशसभा सदस्यमा माओवादी र काँग्रेस बराबर

कर्णालीमा प्रदेशसभाको प्रत्यक्ष निर्वाचनमा काँग्रेस र माओवादीको सिट बराबर हुने देखिएको छ। कर्णालीमा एमाले तेस्रो स्थानमा रहेको छ।...

उपमहानगरपालिकामा कांग्रेस—एमाले बराबर

काठमाडौं । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उपमहानगरपालिकातर्फ नेपाली कांग्रेस र नेकपा एमालेले बराबर स्थानीय तह जितेका छन् । देशका ११ उपमहानगरपालिका मध्ये कांग्रेसले नेपालगन्ज, बुटवल र इटहरी उपमहानगर गरी तीनवटा उपमहानगरको नेतृत्व हात पारेको हो । यस्तै, नेकपा एमालेले दाङको घोराही उपमहानगरपालिकासहित दाङकै तुलसीपुर उपमहानगर र बाराको कलैया उपमहानगरमा जित हात पारेको छ […] The post उपमहानगरपालिकामा कांग्रेस—एमाले बराबर appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका दुई उम्मेदवारको मत बराबर

२ जेठ, सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षका दुई उम्मेदवारको मत बराबर आएको छ । कांग्रेसका उम्मेदवार चन्द्रवीर रावत र एमालेका उम्मेदवार बलबहादुर रोकायले बराबर मत पाएका हुन् । अन्तिम मतपरिणामअनुसार उनीहरुले ६७३÷६७३ मत ल्याएका छन् । मत बराबर आएपछि परिणाम घोषणा हुन सकेको छैन । गोलाप्रथाबाट नतिजा टुंगो लगाउन खोजिए पनि उम्मेदवारहरूबीच सहमति […]

गुलरिया नगरपालिकाका चार वडामा कांग्रेस र एमालेको बराबर जित

गुलरिया नगरपालिकामा चार वटा वडामा मतगणना हुँदा नेपाली कांग्रेस र नेकपा एमालेले बराबर जित निकालेका छन्। गुलरियामा १२ वटा वडा मध्ये अहिले २ बजेसम्म चार वटा वडाको मतगणना सम्पन्न हुँदा कांग्रेस र एमालेले वडा अध्यक्ष पदमा बराबर जित निकालेका हुन्।...

राष्ट्रियसभा चुनाव : कांग्रेस र एमालेका उम्मेदवारको मत बराबर

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत १ नम्बर प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारको मत बराबर आएको छ । कांग्रेसका उम्मेदवार गोपाल बस्नेत र एमालेका उम्मेदवार गुरु बरालको बराबर मत आएको छ । दुवैले ४ हजार ४८८ मत पाएका छन् । प्रदेशका सत्तारुढ गठबन्धनको बढी मत भए पनि एमालेले गठबन्धनको मत तान्न सफल भएको छ ।

बंगलादेशसँग नेपालको निराशाजनक बराबर

काठमाडौं : बंगलादेशविरुद्धको दोस्रो मैत्रीपुर्ण खेलमा नेपालले घरेलु मैदानमा निराशाजनक बराबर खेलेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबर खेलेका हुन्।दुबै टोलीले पहिलो हाफमा केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्। दोस्रो हाफमा भने सुस्त खेलेका दुबै टोलीले खासै उपयोग मौका बनाउन सकेनन्। यसअघि पहिलो मैत्रीपुर्ण खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो। नेपालका लागि दुबै गोल डेब्यु खेलाडी प्रीति राई र सविता रान

निषेधाज्ञापछि बैंकहरूको निक्षेप बराबर नै कर्जा प्रवाह

निषेधाज्ञापछि पनि बैंकहरुमा संकलन भएको निक्षेप बराबर नै कर्जा प्रवाह भएको पाइएको छ।