उपमहानगरका कर्मचारीलाई गुणस्तरीय सरसफाइ तालिम

धनगढी उपमहानगरपालिकाका सरसफाइ कर्मचारीलाई नगरको गुणस्तरीय सरसफाइसम्बन्धी तालिम प्रदान गरिएको छ । नेपालमा सरसफाइसम्बन्धी अभियान सञ्चालन गर्दै आएको खेम्स क्वालिटीद्वारा उपमहानगरपालिका कार्यालयका ४१ र धनगढी विमानस्थलमा कार्यरत छ जना सरसफाइकर्मीलाई गुणस्तरीय सरसफाइसम्बन्धी १० दिने तालिम प्रदान नगरिएको हो ।उक्त तालिमका सहभागीलाई उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र खेम्स क्लालिटीका प्रबन्ध निर्देशक खेम शर्माले सोमबार महानगरपालिकामा आयोजित एक कार्यक्रममा प्रमाणपत्र प्रदान गरे । सो अवसरमा उपमहानगर प्रम

सम्बन्धित सामग्री

वीरगञ्ज महानगरको सरसफाइ अभियान प्रभावित

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले सरसफाइ कर्मचारी हटाएपछि महानगरको सरसफाइ प्रभावित भएको छ । महानगरपालिकाले सरसफाइका दुई सय ५० जनासहित करिब ६ सय जना कर्मचारीलाई गत २०८० भदौ २६ गतेदेखि एकै पटक सेवाबाट हटाएको थियो ।  सरसफाइ कर्मचारी हटाइएपछि महानगरले सुरु गरेको सरसफाइ विशेष अभियान प्रभावित भएको महानगरपालिकाको सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँले जानकारी दिए। सुन्दर, सफा, […]

सफा हुनुपर्छ सार्वजनिक यातायातः मन्त्री ज्वाला

काठमाडौँ, ७ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आमनागरिकले प्रयोग गर्ने सार्वजनिक यातायातका साधन सफा र व्यवस्थित हुनुपर्ने बताएका छन् । यातायात व्यवस्था विभागमा मन्त्रालय र सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले आयोजना गरेको सार्वजनिक यातायातका कर्मचारीलाई पोशाक तथा परिचयपत्र वितरण र सरसफाइ अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले सरसफाइका साथै सार्वजनिक सवारीसाधनमा […]

कर्मचारीले तलब पाएनन्

राजविराज नगरपालिकाका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । पालिकाका सरसफाइ कर्मचारीलाई त ६ महिनायता तलब दिइएको छैन । समयमा तलब नपाउँदा कर्मचारीलाई घरखर्च चलाउनसमेत समस्या छ ।

अब हरेक दिन पशुपति मन्दिरको सरसफाइ हुने

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित मातहतका निकायमा कार्यरत कर्मचारीले हरेक शनिवार दुई घन्टा पशुपतिनाथ मन्दिरको सरसफाइ गर्ने भएका छन् । पशुपति क्षेत्रको जिम्मेवार निकाय पशुपति क्षेत्र विकास कोष कार्यालयले नियमित सफाइ गर्न नसकेपछि पर्यटन मन्त्रालयले कर्मचारीलाई पनि सरसफाइमा जुट्न आग्रह गरेको हो । मन्त्रालयसहित मातहतका २१ वटा निकायका पदाधिकारी र कर्मचारीबाट अब हरेक शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म बृहत् सरसफाइ कार्यक्रम गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

करारका कर्मचारीको म्याद थप गर्न गाउँपालिका राष्ट्रिय महासङ्घको अनुरोध

काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले करार सेवामा रहेका कर्मचारीलाई कार्यसम्पादन मूल्याङ्कनका आधारमा म्याद थप गर्न स्थानीय सरकारहरूलाई अनुरोध गरेको छ। गाउँ-नगरले साउन १ देखि करारका कर्मचारीको म्याद थपेका छैनन्। स्थानीय तहमा करारतर्फका सरसफाइ गर्नेदेखि सवारी चालक र स्वास्थ्यकर्मी, शिक्षक रिक्त अवस्था छ। यसरी एकमुष्ट रूपमा करार सेवाका कर्मचारी नहटाउन महासङ्घले आग्रह गरेको हो। अनुभवी […]

विमानस्थलको सरसफाइ गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका आन्तरिक विमानस्थलको सरसफाइमा तीव्र सुधार गरिने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अभियन्ता एवं सफाइविज्ञ खेमनाथ शर्माले सुरु गर्नुभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपति क्षेत्रको दुई हप्ते सरसफाइ अभियानमा सहभागी सरसफाइ कर्मचारीलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै मन्त्री आलेले यस्तो बताउनुभएको हो ।सफाइ मजदुरलाई आवश्यक तालिम र आधुनिक सामग्रीको प्रबन्ध गरेर सरसफाइमा परिवर्तन ल्याइने बताउनुभएको हो ।

काठमाण्डौ एअरपोर्टमा अब यात्रुले नाक छोप्नु पर्दैन : मन्त्री आले

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले नाक छोपेर हिँड्नु नपर्ने बताउनुभएको छ ।  काठमाण्डौ विमानस्थलमा कार्यरत निजी क्षेत्रका एक सय ५२ जना सरसफाइ कर्मचारीलाई दिइएको दश दिने अन्तर्राष्ट्रियस्तरको सफाइ तालिमको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री आलेले त्रिभुवन विमानस्थलमा फोहरका कारण अब नाक छोप्नु पर्ने अवस्थाको अन्त्य भएको बताउनुभएको हो ।  उहाँले भन्नुभयो, ‘हामीले एअरपोर्टमा पर्यटक आउँदा नाक छोप्नु पर्ने अवस्थाको अन्त्...

संक्रमितको ज्वरो नाप्न सफाइ कर्मचारी पठाउने स्वास्थ्यकर्मी फिर्ता

७ भदौ, जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकास्थित गांगुली आइसोलेसनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको टिमलाई प्रादेशिक अस्पताल  फिर्ता बोलाइएको छ । सरसफाइ कर्मचारीलाई ज्वरो नाप्न पठाएर आफू आराम गरेको आरोप लागेको एक चिकित्सक, पारामेडिक्स र सरसफाइकर्मीलाई फिर्ता …

सरकारी अस्पताललाई सफा नबनाई छोड्दिन : स्वास्थ्य राज्यमन्त्री अर्याल

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सरकारी अस्पताललाई सरसफाइको नमूना बनाउने बताएकी छन्। आइतबार वीर अस्पतालको सरसफाइ अभियानलाई उद्घाटन गर्दै उनले सरकारी अस्पतालहरू सफा नभएसम्म यो अभियानलाई साथ दिने बताइन्। वीर अस्पताल सरसफाइको जिम्मा अष्ट्रेलियाको खेम्स क्लिनिङले लिएको छ। यसले १५ दिनसम्म वीर अस्पतालको सरसफाइ गर्नुको साथै सरसफाइको आधुनिक तरिकाबारे कर्मचारीलाई तालिम पनि दिनेछ। खेम्स क्लिनिङले स्वयंसेवी…