काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले नाक छोपेर हिँड्नु नपर्ने बताउनुभएको छ ।
काठमाण्डौ विमानस्थलमा कार्यरत निजी क्षेत्रका एक सय ५२ जना सरसफाइ कर्मचारीलाई दिइएको दश दिने अन्तर्राष्ट्रियस्तरको सफाइ तालिमको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री आलेले त्रिभुवन विमानस्थलमा फोहरका कारण अब नाक छोप्नु पर्ने अवस्थाको अन्त्य भएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘हामीले एअरपोर्टमा पर्यटक आउँदा नाक छोप्नु पर्ने अवस्थाको अन्त्...