करारका कर्मचारीको म्याद थप गर्न गाउँपालिका राष्ट्रिय महासङ्घको अनुरोध

काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले करार सेवामा रहेका कर्मचारीलाई कार्यसम्पादन मूल्याङ्कनका आधारमा म्याद थप गर्न स्थानीय सरकारहरूलाई अनुरोध गरेको छ। गाउँ-नगरले साउन १ देखि करारका कर्मचारीको म्याद थपेका छैनन्। स्थानीय तहमा करारतर्फका सरसफाइ गर्नेदेखि सवारी चालक र स्वास्थ्यकर्मी, शिक्षक रिक्त अवस्था छ। यसरी एकमुष्ट रूपमा करार सेवाका कर्मचारी नहटाउन महासङ्घले आग्रह गरेको हो। अनुभवी […]

सम्बन्धित सामग्री

बढैयातालका करार कर्मचारी आन्दोलित

म्याद थप नगरिएको लगायत पाँच बुँदे माग राख्दै बुधबारदेखि बढैयाताल गाउँपालिकाका करारका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । उनीहरूले बढैयाताल गाउँपालिकाको मूलद्वारमा तालाबन्दी गरी धर्ना दिएका छन् ।

करार कर्मचारीको म्याद थप नगरेको विरोधमा गाउँपालिकाको कार्यालयमा तालबन्दी

खोटाङको जन्तेढुंगा गाउँपालिकामा करारका कर्मचारी हटाएको विरोधमा प्रमुख प्रथिपक्षी दल नेकपा (एमाले) पुनः तालाबन्दी गरेको छ ।

करारका कर्मचारी आन्दोलित

सर्लाहीको कविलासी नगरपालिकाका करार सेवा तथा ज्यालादारी कर्मचारीहरू पुन बहालीको माग राख्दै कार्यालय अगाडि धर्नामा बसेका छन् ।कबिलासी नगरकार्यपालिकाको गत असार १२ गते बसेको बैठकले करार सेवामा कार्यरत कर्मचारीहरूको साउन १ गतेदेखि म्याद थप तथा करार नवीकरण नहुने भनी गरेको निर्णयले कार्यरत अस्थायी करार सेवाका कर्मचारीहरू प्रतिअन्याय भएको भन्दै निर्णय सच्याएर पुन: पदबहाली गर्नुपर्ने भन्दै […]

करार कर्मचारी आन्दोलनमा

गुराँस गाउँपालिकामा करारका कर्मचारी म्याद थप गर्न आन्दोलनमा उत्रिएपछि शनिबार प्रहरीले हवाई फायर गरेको थियो । प्रहरी र कर्मचारीबीच झडप हुँदा कर्मचारी र प्रहरी सहित १२ जना घाइते भएका थिए ।

प्रादेशिक अस्पतालबाट निकालिएका करारका कर्मचारीद्वारा विरोध प्रदर्शन

'हामीले कुनै गल्ती गरेका छौं भने त्यसको लागि पहिला स्पष्टीकरण सोध्नुभयो हुन्थ्यो, चित्त नबुझे हटाए हुन्थ्यो, तर कुनै सोधपुछ नै नगरी एकतर्फ पुरानो करारको कर्मचारीलाई हटाउन अर्कोतर्फ फेरि कर्मचारी भर्नाको आह्वान गर्ने यो त भएन।'...

प्रादेशिक अस्पतालबाट हटाइएका करारका कर्मचारी आन्दोलित

प्रादेशिक अस्पताल जनकपुरधामले १ सय ३२ जना करारका कर्मचारी हटाएपछि उनीहरु आन्दोलित भएका छन् । सोमबारदेखि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधामका १ सय ३२ कर्मचारीलाई प्रतिष्ठानले हटाएपछि आन्दोलनमा उत्रेका हुन् । प्रतिष्ठानले ०७७ कात्तिक २५ गते पछि नियुक्ति भएकाहरु मध्ये तत्कालीन अस्पताल व्यवस्थापन तथा संचालन समितिबाट अनुमोदन नभएका सम्पूर्ण करारका कर्मचारीको म्याद थप नभए सम्मको लागि हाजिरी नगर्न सूचना प्रकाशित गरेको थियो । सो अवधिमा भर्ना भएका करारका कर्म

करारका कर्मचारी हटाएपछि वृन्दावनका अधिकांश कार्यालय ठप्प

रौतहट : करारका कर्मचारी हटाएपछि रौतहटको वृन्दावन नगरपालिकाका अधिकांश वडा कार्यालयहरूको सेवा ठप्प भएको छ।गत असार ३० गते सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भूजेलले एक विज्ञप्ति जारी गर्दै साउन १ गते देखि करारमा कार्यरत कर्मचारीहरुको म्याद थप नहुने बताएका थिए।सो पालिकामा कार्यरत करिब १ सय ६८ जना करारका कर्मचारीलाई एकैपटक हटाएपछि सो पालिका भित्र रहेका स्वास्थ्य, विद्यालय र वडा कार्यालयहरूको सेवा प्रभावित भएको वृन्दावन नगरपालिका वडा नं—२ का वडा अध्यक्ष सिकिन्द्र पटेलले जाकारी दिएक

दैलेखको गुराँस गाउँपालिकामा करारका कर्मचारी र प्रहरीबीच झडप

दैलेखको गुराँस गाउँपालिकामा हवाई फायर भएको छ । करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गाउँपालिकाले गरेपछि आन्दोलित भएका करार कर्मचारी र प्रहरीबीच झडप भएको हो ।

करारका कर्मचारी हटाउँदै कर्णालीका स्थानीय तह

सुर्खेत- कर्णालीका स्थानीय तहहरूले करारका कर्मचारी हटाउन थालेका छन् । २०७४ मा भएका स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकालमा नियुक्त भएका करारका कर्मचारीहरूलाई हटाउन थालिएको हो । गत ३१ वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनीधिहरुले करार कर्मचारीहरूको म्याद थप नगर्ने निर्णय गर्न थालेका हुन् । दैलेखको ठाटीकाँध गाउँपालिकाले करारका कर्मचारीहरूको म्याद थप नगर्ने निर्णय […]

कर्णालीका स्थानीय तहले करारका कर्मचारी धमाधम हटाउँदै

कर्णाली प्रदेशका स्थानीय तहले धमाधम करारका कर्मचारी हटाउन थालेका छन् । दैलेखको ठाँटीकाँध गाउँपालिकाले मंगलबार करारका कर्मचारीको म्याद थप नगर्ने निर्णयसहित सूचना जारी गरेको छ । यसअघि कालिकोटको शुभकालिका गाउँपालिकाले साउन ४ देखि करारका कर्मचारीको सम्झौता नवीकरण नहुने सूचना जारी गरेको थियो । स्थानीय तहको कार्यालय, अस्पताल तथा विद्यालयमा कार्यरत करारका कर्मचारीको करार सम्झौता नवीकरण नहुने सो पालिकाले जनाएको हो ।ठाटीकाँध गाउँपालिकाले भने पोषण शाखादेखि प्राविधिक शाखाका करार कर्मचारीलाई हाजिर नहुन सूचन