राजधानीमा वर्षा हुनेबित्तिकै डुबान शुरु भइहाल्छ । ढलको पाइप सानो हुन्छ र भएको पनि सबै फोहोरले भरिएको हुँदा डुबानमा पर्न बेर लाग्दैन । वर्षात् लागेसँगै यहाँ अति जटिल समस्या निम्तिन्छ । काठमाडौंमा जनसंख्या ह्वात्तै बढेको छ तर खालि ठाउँ छैन । सबै घरघर छन् भने बाटो पनि कालोपत्रे गरिएकोले पानी जमिनले सोस्न सक्ने अवस्था छैन […]