काकाकूल भक्तपुरको तिर्खा मेटाउने प्रयास, पानी बाँड्दै घरघर पुग्यो नगरपालिका :: Pahilopost.com

साँझको समयमा भक्तपुरको दत्तात्रय मन्दिरमा वृद्धवृद्धा भेला भई भजन गाउने गर्छन्। सँगै रहेको चिया पसलमा मानिसहरु चिया पिउँदै गफिन्छन्। बालबालिका सडकमै खेलिरहेका हुन्छन्। तर बिहीबार साँझ भने त्यहाँको माहोल भिन्न रह्यो। भजनमा रम्ने वृद्धवृद्धा हातमा बाल्टिन लिँदै दत्तात्रय मन्दिर तिर ओर्लिए। महिला गाग्री र जार बोकेर लाइनमा बसे। विद्यालयबाट