एमसीसीको विरोधमा विभिन्न दल र मोर्चाले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा न्यून देखिएको छ । बन्द गराउनेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल पार्टी रहेका छन् । बन्दका कारण विद्यालयहरु बन्द रहेपनि यातायातलगायत अन्य क्षेत्रमा यसको