गोलन्जोर–२ का वडाध्यक्ष २५ हजार रुपैयाँ धरौटीमा रिहा

सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ का वडाध्यक्ष दौलत कार्की धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत सिन्धुलीका न्यायाधीश उपेन्द्रप्रसाद गौतमको इजलासले कार्कीलाई २५ हजार रुपैयाँ धराैटीमा रिहा गर्न आदेश दिएकाे हाे । वडाध्यक्ष कार्कीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै गएकाे असार १४ गते प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेलले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दर्ता गराउनुभएकाे थियाे । प्रहरीले याे मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेपछि प्रशासनले असार १५ गते पक्राउ पुर्जी जारी ग...

सम्बन्धित सामग्री

नगरपालिकाको सम्पत्ति तोडफोड आरोपमा पक्राउ परेका वडाध्यक्ष धरौटीमा रिहा

धनुषाको सहिदनगर नगरपालिका-६ का वडाध्यक्ष उमेश कुमार निराला धरौटीमा रिहा भएका छन्।

सहकारी ठगीमा धरौटी बुझाएर छुटेलगत्तै फेरि पक्राउ परे पोखराका वडाध्यक्ष

पोखराको मित्रमिलन सहकारीको आर्थिक हिनामिनामा जोडिएका पोखरा महानगरपालिका–२१ का वडाध्यक्ष दीपक सुवेदी धरौटीमा रिहा भएलगत्तै पक्राउ परेका छन् ।

उपभोक्ता समिति अध्यक्ष कुटेको आरोप लागेका वडाध्यक्ष धरौटीमा रिहा

२३ असार, पोखरा । उपभोक्ता समिति अध्यक्षमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका माछापुच्छ्रे गाउँपालिका अध्यक्ष राम गुरुङ रिहा भएका छन् । उनी ४ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए । माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष गुरुङले काम समयमै नसकेको भन्दै खोराको मुख–उपल्लो इदिखोला माछापुच्छ्रे सडक निर्माण […]

जातीय दुर्व्यवहारको आरोपमा पक्राउ परेका वडाध्यक्ष धरौटीमा रिहा

पोखरा । जनप्रतिनिधि माथि नै जातीय दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी धरौटीमा रिहा भएका छन् । उनीमाथि आफ्नै वडा सदस्यले जातीय दुर्व्यवहार तथा छुवाछुतको आरोप सहित उजुरी दिएकी थिइन् । कास्की जिल्ला अदालतले अधिकारीलाई १ लाख ५० हजार धरौटीमा रिहा गरेको हो । न्यायाधीश ऋषिराज आचार्यको एकल इजलासले धरौटीमा […]

जुम्लामा जातीय विभेद गर्ने वडाध्यक्ष धरौटीमा रिहा

जातीय विभेद गर्ने जुम्ला सिँजा गाउँपालिका ६ का वाध्यक्ष कालीबहादुर बुढा र उनको छोरा नविन बुढा धरौटीमा रिहा भएका छन्। उनीहरुलाई जिल्ला अदालत जुम्लाले धरौटीमा छाड्न आदेश गरेको हो।...

पुजारी हत्या आरोपी वडाध्यक्ष २ लाख धरौटीमा रिहा

रौतहट : माधव नारायण-४ खेसरहिया हनुमान मन्दिरका पुजारी श्रीराम साहका हत्या आरोपी वडाध्यक्ष २ लाख रुपैयाँ धरौटीमा छुटेका छन्।गत २०७७ भदौ ३ गते पुजारी साहको हत्या भएदेखि फरार रहेका देवाही गोनाही नगरपालिका-१ का वडाध्यक्ष शेख नुरुल्लालाई गत शुक्रबार रौतहट जिल्ला अदालतले २ लाख धरौटीमा रिहा गरेको हो।गत साउन २२ गते शुक्रबार अदालतमा हाजिर भई उनले २ लाख  धरौटी राखेर रिहा भएका रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए। जिल्ला अदालत रौतहटको ७ नम्बर न्यायाधीश श्यामव

हत्याका आरोपी वडाध्यक्ष ‘नाटकीय रूपमा’ दुई लाख धरौटीमा रिहा

उही मुद्दामा पक्राउ परेका दुईजना भने पुर्पक्षका लागि जेलमा हत्याका आरोपी वडाध्यक्ष ‘नाटकीय रूपमा’ दुई लाख धरौटीमा जिल्ला अदालत रौतहटबाट छुटेका छन् । तर, सोही मुद्दाका अन्य दुई आरोपी भने पुर्पक्षका लागि...

तोडफोडमा संग्लनको आरोप लागेका वडाध्यक्ष धरौटीमा रिहा भए

धनकुटा : पाख्रिबास नगरपालिकाका वडा ४ का वडाध्यक्ष सोभित निरौला धरौटीमा रिहा भएका छन।पाख्रिबास नगरपालिकामा गत असार १० गते नगरसभाको क्रममा विवाद हुँदा तोडफोडमा संलग्न रहेको आरोपमा उनी पक्राउ परेका थिए। निरौलालाई शुक्रबार जिल्ला प्रशासन कार्यालय धनकुटाले धरौटीमा रिहा गरेको छ। प्रशासनले वडाध्यक्ष्य निरौलालाई ४० हजार धरौटीमा रिहा गरेको हो।नगरपालिकामा तोडफोड गरेको भन्दै नगरप्रमुख वृषबहादुर राई, उपप्रमुख देवकला पौडेल, नेकपा एमाले ओली पक्षका पाख्रिबास नगर अध्यक्ष शान्तिराम गौतम लगायत

बलात्कार अभियुक्त वडाध्यक्ष धरौटीमा रिहा

भक्तपुर जिल्ला अदालतले बलात्कारका अभियुक्त वडाध्यक्षलाई ५१ हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ । न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले शुक्रबार ३३ वर्षीया महिला बलात्कारको आरोपमा माघ १० मा पक्राउ परेका रामेछाप मन्थली–१० का वडाध्यक्ष भरतबहादुर बोहोरालाई रिहा गर्ने आदेश दिएको हो । अदालतले फागुन १८ मा जाहेरवाला (पीडित) को बकपत्र तोकेको छ ।