कोरियामा प्रवासी मजदुरको प्रवेशाज्ञा एक वर्ष थप

इपिएसमार्फत दक्षिण कोरिया आई काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ । दक्षिण कोरियन सरकारले कोरोना महामारीका कारण कोरियामा प्रवासी मजदुर भित्र्याउन नसकेपछि जनवरी १ देखि अप्रिल १२ सम्म प्रवेशाज्ञा सकिन लागेका नेपाली श्रमिकसहित यहाँ रहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको हो ।यहाँ श्रम गर्न आउने श्रमिकले सुरुमा तीन वर्षसम्मको प्रवेशाज्ञा पाउने गर्छन् । उक्त अवधि सकिएपछि पुनः एक वर्ष १० महिना थप गरी चार वर्ष १० महिना प्रवेशाज्ञा पाउने नियम छ तर पछिल्लो वर्ष कोर

सम्बन्धित सामग्री

रोजगारीका लागि इजरायल जाने ६९८ युवाको प्रवेशाज्ञा जारी

काठमाडौं । आकर्षक श्रम गन्तव्य इजरायलको रोजगारीमा जान हालसम्म ६९८ नेपाली युवाको प्रवेशाज्ञा (भिसा) पाएका छन् । लामो समय रोकिएपछि पुन: सुचारु भएको प्रक्रियामा सहजिकरण भएपछि प्रवेशाज्ञा पाउनेको संख्या बढ्दै गएको हो । भिसा प्राप्त गरेकामध्ये ४६७ भने इजरायल प्रवेश गरिसकेको विभागले जनाएको छ । विभागका महानिर्देशक शेषनारायण पौडेलले सबै प्रक्रिया पूरा भएपछि जाने क्रम […]

रोजगारीका लागि इजरायल जाने ६९८ युवाको प्रवेशाज्ञा जारी

आकर्षक श्रम गन्तव्य इजरायलको रोजगारीमा जान हालसम्म ६९८ नेपाली युवाले प्रवेशाज्ञा (भिसा) पाएका छन ।लामो समय रोकिएपछि पुन: सुचारु भएको प्रक्रियामा सहजिकरण भएपछि प्रवेशाज्ञा पाउनेको संख्या बढ्दै गएको हो । भिसा प्राप्त गरेकामध्ये ४६७ भने इजरायल प्रवेश गरिसकेको विभागले जनाएको छ । विभागका महानिर्देशक शेषनारायण पौडेलले सबै प्रक्रिया पूरा भएपछि जाने क्रम सुरु भएको बताए […]

कोरियामा श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थपिँदै

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया गई श्रम गरिरहेका नेपालीसहित आप्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ । कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउन रोकिएको प्रक्रिया पुनः सुरु भए पनि सहज नभएपछि कोरियामै काम गरिरहेका श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको हो । दक्षिण कोरिया सरकारले यहाँ […]

कोरियामा काम गरिरहेका श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने

रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया गई श्रम गरिरहेका नेपालीसहित आप्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ । कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउन रोकिएको प्रक्रिया पुनः सुरु भए पनि सहज नभएपछि कोरियामै काम गरिरहेका श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको हो । दक्षिण कोरिया सरकारले यहाँ श्रम गरिरहेकामध्ये सन् २०२२ अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्ममा प्रवेशाज्ञा सकिने नेपालीसहित सम्पूर्ण प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको जनाएको छ

नेपालमा रोकिएका विदेशी पर्यटकलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्कमा छूट

कोरोना महामारीका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छूट दिइएकोे छ । दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै जारी अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएको र नियमित रूपमा हुँदै आएको अन्तरराष्ट्रिय उडान बन्द भएकाले नेपालमा रोकिएका विदेशी पर्यटकलाई प्रवेशाज्ञा शुल्कमा छूट दिइएको होे ।अध्यागमन विभागले एक सूचना जारी गर्दै गत वैशाख १५ गतेसम्म प्रवेशाज्ञाको अवधि भएका पर्यटकका लागि यही असार ३१ गतेभित्र नेपालबाट प्रस्थान हुँदा लाग्ने शुल्कमा छूट दि

रोकिएका विदेशीलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्कमा छूट

काठमाडौं । कोरोना महामारीका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छूट दिइएकोे छ । दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै जारी अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएको र नियमित रूपमा हुँदै आएको अन्तरराष्ट्रिय उडान बन्द भएकाले नेपालमा रोकिएका विदेशी पर्यटकलाई प्रवेशाज्ञा शुल्कमा छूट दिइएको होे । अध्यागमन विभागले एक सूचना जारी गर्दै गत वैशाख १५ गतेसम्म प्रवेशाज्ञाको अवधि भएका पर्यटकका लागि यही असार ३१ गतेभित्र नेपालबाट प्रस्थान हुँदा लाग्ने शुल्कमा छूट दिइएको बताएको हो । ‘वैशाख १५ गतेसम्म नेपालको वैध प्रवेशाज्ञा भएका र असार ३१ गतेभित्र नेपालबाट प्रस्थान हुने विदेशीको हकमा निजको प्रस्थानका समयमै अध्यागमन कार्यालय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट निःशुल्क प्रवेशाज्ञा नियमित हुनेछ,’ सूचनामा भनिएको छ । प्रवेशाज्ञाको अवधि सकिएका विदेशी पर्यटकले नेपालमा थप बस्दा दैनिक तीन अमेरिकी डलर बराबरको प्रवेशाज्ञा शुल्क र त्यस अवधिमा प्रवेशाज्ञा नियमित नहुँदा जरिवानाबापत दैनिक पाँच डलर शुल्क लाग्छ । विभागको सूचना अनुसार नेपालमा आफ्नो बसाइ थप गर्न असार २५ गतेदेखि आवेदन गर्ने र आगामी साउन १ गतेदेखि नेपालबाट प्रस्थान गर्ने विदेशीका हकमा नियमानुसार प्रवेशाज्ञा शुल्क, विलम्ब शुल्क र जरीवाना लाग्नेछ । प्रचलित अध्यागमन कानूनमा रहेको प्रावधानमा एक प्रवेशाज्ञा वर्षमा पर्यटकले १५० दिनसम्म बस्न सकिने व्यवस्था रहेको भए पनि निषेधाज्ञाको अवधि गणना नगर्ने साविककै सूचनाअनुसार बस्न पाउने अवधि २१० दिन कायम गरिएको छ । पछिल्लो पटक असार २१ को मन्त्रिपरिषद् बैठकले सबै अन्तरराष्ट्रिय उडान खुलाउने निर्णय लिएको थियो । आइतवारदेखि विभिन्न गन्तव्यमा सातामा ५३ उडान खुला भएका छन् । अधिकांश देशमा नियमित रूपमा उडान शुरू भए पनि अझै केही देशमा उडान शुरू हुन सकेको छैन । रासस

रोकिएका विदेशीलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्कमा छुट

कोरोना महामारीका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छुट दिइएको छ । दोस्रो लहरको कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै जारी अधिकांश जिल्लामा निषेधाज्ञा लागू हुँदा र नियमितरुपमा हुँदै आएको अन्तरराष्ट्रिय उडान बन्द हुँदा नेपालमा रोकिएका विदेशी पर्यटकलाई प्रवेशाज्ञा शुल्कमा छुट दिइएको हो । अध्यागमन विभागले एक सूचना जारी गर्दै गत वैशाख १५ गतेसम्म प्रवेशाज्ञाको अवधि भएका पर्यटकका लागि यही असार ३१ गतेभित्र नेपालबाट प्रस्थान हुँदा लाग्ने शुल्कमा छु

चीनले विश्व स्वास्थ्य संगठनको टोलीलाई दिएन प्रवेशाज्ञा

कोरोनाभाइरसको स्रोत पत्ता लगाउनका लागि वुहान जान खोजेको विश्व स्वास्थ्य संगठनको टोलीलाई चीनले प्रवेश गर्न दिएको छैन ।  संगठनका अधिकारीहरूले चीनलाई विशेषज्ञ टोली प्रवेश गर्न नदिएको जानकारी दिँदै यसबाट आफूहरू निराश भएको बताए ।  संगठनका आपतकालीन मामिलाका निर्देशक माइकल रायनले प्रवेशाज्ञा नदिइएकाले समस्या आएको बताए । यो प्रशासनिक समस्या मात्र भएको र छिट्टै समाधान हुने आशा पनि उनले व्यक्त गरे ।  चीनको पक्ष लिएको भन्दै आलोचनामा परेका संगठनका प्रमुख टेड्रोस गेब्रेयेसुसले विज्ञ टोलीलाई चीनमा प्रवेशका लाग...