चीनले विश्व स्वास्थ्य संगठनको टोलीलाई दिएन प्रवेशाज्ञा

कोरोनाभाइरसको स्रोत पत्ता लगाउनका लागि वुहान जान खोजेको विश्व स्वास्थ्य संगठनको टोलीलाई चीनले प्रवेश गर्न दिएको छैन ।  संगठनका अधिकारीहरूले चीनलाई विशेषज्ञ टोली प्रवेश गर्न नदिएको जानकारी दिँदै यसबाट आफूहरू निराश भएको बताए ।  संगठनका आपतकालीन मामिलाका निर्देशक माइकल रायनले प्रवेशाज्ञा नदिइएकाले समस्या आएको बताए । यो प्रशासनिक समस्या मात्र भएको र छिट्टै समाधान हुने आशा पनि उनले व्यक्त गरे ।  चीनको पक्ष लिएको भन्दै आलोचनामा परेका संगठनका प्रमुख टेड्रोस गेब्रेयेसुसले विज्ञ टोलीलाई चीनमा प्रवेशका लाग...

सम्बन्धित सामग्री

स्वास्थ्य राज्यमन्त्री र विश्व स्वास्थ्य संगठन नेपालका प्रमुखबीच भेटवार्ता

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी र विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा.राजेश सम्भाजीराव पाण्डवबीच भेटवार्ता भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको भेटमा स्वास्थ्य राज्यमन्त्री केसीले नेपालको स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनले पु¥याएको योगदान उल्लेखनीय रहेको बताए ।उनले भने, ‘विश्व स्वास्थ्य संगठनले कोरोना महामारी रोकथाम, खोप लगायतमा अग्रणी भूमिका निर्वाह गरेको छ । यसप्रति म विश्व स्वास्थ्य संगठनलाई आभार प्रकट गर्न चाहन्छु । आगामी दिनमा पनि सहयो

विश्व स्वास्थ्य संगठन स्थापना भएको त्यो दिन

आजकै दिन अर्थात सन् १९४८ को ७ अप्रिलमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को स्थापना भएको थियो । विश्वव्यापी रोग र महामारीसँग जुध्न तथा स्वास्थ्य नीति निर्माण गर्न यस संस्थाको स्थापना भएको हो । हरेक वर्ष ७ अप्रिललाई विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ । विश्व स्वास्थ्य दिवस डब्लूएचओ र अन्य सम्बन्धित संस्थाहरूको प्रायोजनमा हरेक वर्ष ७ अप्रिलमा मनाइने विश्वव्यापी स्वास्थ्य सचेतना दिवससमेत हो । सन् १९४८ मा डब्लूएचओले पहिलो विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेको थियो । सभाले सन् १९५० देखि लाग

विश्वभर करिब ६० लाख कोराना संक्रमितको मृत्यु : विश्व स्वास्थ्य संगठन

कोभिड–१९ महामारीमा कोभिडजन्य सङ्क्रमणका कारण विश्वभर करिब ६० लाख व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को पछिल्लो तथ्याङ्कअनुसार शुक्रबारसम्म विश्वभर कोभिड–१९ को मृत्यु हुनेको सङ्ख्या ५९ लाख ७८ हजार ९६ (झण्डै ६० लाख) पुगेको छ । विश्वभर ४४ करोड ४० लाख ८० हजार सात हजार ७५६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । विश्वका अधिकांश मुलुकमा कोभिड सङ्क्रमण परीक्षणले सङ्क्रमित सबैलाई नसमेटेको भन्दै सङ्क्रमित मृतक र सङ्क्रमित विरामीको सङ्ख्या तथ्याङ्कमा देखिएकोभ

पूर्वी युरोपमा ओमिक्रोन भेरियन्टको जोखिम उच्च : विश्व स्वास्थ्य संगठन

३ फागुन, काठमाडौं । विश्व स्वास्थ्य संगठनले पूर्वी युरोपमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम उच्च रहेको बताएको छ । मंगलबार युरोपका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक हान्स क्लुगेले एक विज्ञप्ति जारी गर्दै पूर्वी युरोपमा ओमिक्रोनको जोखिम उच्च रहेको बताएका हुन् । ओमिक्रोनबाट हुने नयाँ संक्रमणको लहर पूर्वी युरोपतर्फ फैलिन थालेको क्लुगेको […]

ओमिक्रोनलाई ‘कम घातक’ नभनौँ : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ओमिक्रोन भेरियन्टलाई ‘कम घातक’ भनेकोमा चेतावनी दिँदै यसले विश्वभर मानिसहरूको ज्यान लिइरहेको बारेमा सचेत गराएको छ । पछिल्ला अध्ययनमा ओमिक्रोनले पछिल्ला भेरियन्टको तुलनामा मानिसहरूलाई गम्भीर नबनाउने देखाएको छ । तर, यसबाट रेकर्ड सङ्ख्यामा मानिसहरू सङ्क्रमित भइरहेका कारण स्वास्थ्य व्यवस्थामा चाप बढाएको डब्लूएअचओका प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले भनेका छन् ।सोमबार अमेरिकामा २४ घण्टाको अन्तरमा १० लाखभन्दा बढी सङ्क्रमित थपिएका छन् । डब्लूएचओक

यात्रा प्रतिबन्ध मात्र समाधान होइनः विश्व स्वास्थ्य संगठन

हालै अफ्रिकामा देखिएको भनिएको कोरोना भाइरसको ओमिक्रोन नामक भेरियन्टको नियन्त्रणका लागि यात्रा प्रतिबन्ध मात्र समाधान नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ।

ओमिक्रोन भेरियन्टका जोखिम : नेपाललाई पूर्वतयारी गर्न विश्व स्वास्थ्य संगठन आग्रह

विश्व स्वास्थ्य संगठन (डब्यूएचओ) कोरोनाभाइरस (कोभिड–१९)  नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेसँगै नेपालसहित दक्षिण पूर्वी एसियाका देशहरूलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।डब्यूचओले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । डब्ल्यूएचओका दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले ओमिक्रोन भेरियन्ट जोखिमपूर्ण रहेको भन्दै सामाजिक दुरी, मास्क अनिवार्य, खोप अभियान प्रभावकारी रूपमा सञ्चालनका कार्यलाई उच

नयाँ स्वरुपमा देखा परेको कोरोना संक्रमण झनै घातक : विश्व स्वास्थ्य संगठन

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको नयाँ संक्रमण नयाँ स्वरुपमा फैलन थालेको भन्दै चिन्ता व्यक्त गरेको छ । डब्लुएचओले दक्षिण अफ्रिकामा देखिएको नयाँ स्वरुपको कोरोना भाइरस विश्वमा फेरि पनि फैलन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । सो भाइरस विश्वभर फैलन नदिन यात्रामा प्रतिबन्ध लगाउन पनि डब्लुएचओले आग्रह गरेको छ । नयाँ […]