बैतडी : बैतडीमा एक वर्षको अवधिमा साढे ५ हजार जनाले नेपाली नागरिकताको प्रमाणपत्र बनाएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा ५ हजार ५ सय ६४ जनाले नागरिकता बनाएका हुन्। जसमा ३ हजार ३ सय ५८ पुरुष र २ हजार २ सय ६ महिला रहेका जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। कोरोना महामारीका कारण विभिन्न समयमा कार्यालय बन्द रहे पनि उक्त संख्यामा नागरिकले नयाँ नागरिकता लिएका हुन्। गत आर्थिक वर्षको कात्तिकमा सबैभन्दा