बैतडी : न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पताल बैतडी देशकै दोस्रो स्थानमा पर्न सफल भएको छ। प्राइमरी लेभल हस्पिटलमध्ये जिल्ला अस्पताल बैतडी देशकै दोस्रो स्थानमा पर्न सफल भएको हो। अस्पतालका प्रमुख डा.दिपेश श्रेष्ठले न्यूनतम सेवा मापदण्डमा ८९ प्रतिशत अंकसहित देशभरमै दोस्रो स्थानमा पर्न सफल भएको जानकारी दिए। यसअघि सुदूरपश्चिममा बैतडी प्रथम स्थानमा रहेको थियो। स्वास्थ्य मन्त्रालय र निक साइमन इन्ष्च्यिुटले गरेको मूल्यांकनमा बैतडी अस्पताल उत्कृष्ट हुँदै दो;\/J स्थानमा पर्न सफल भएको