नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पार्टीलाई पुरानै अवस्थामा फर्काउनसके अग्रज नेताहरुको सम्मान हुने बताउनुभएको छ । स्व वलराम पौडेलको १२औँ दिनको पुण्यतिथिका अवसरमा नेपाली कांग्रेस चितवनले आइतबार आयोजना गरेको श्रद्धाञ्जलीसभामा उहाँले पौडेलजस्ता लोकतान्त्रिक आन्दोलनका अगुवाको सम्मानका लागि पार्टीलाई पुरानै अवस्थामा फकाउन जरुरी रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “पार्टीलाई …