दार्चुलास्थित लास्कु खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ का ५० वर्षीय मोहन लुहारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाको छ । भदौ २५ गते अविरल वर्षापछि लास्कु खोलामा आएको बाढीले ठूलो जनधनको क्षति गरेको थियो । बाढीले बगाउँदा १० जना बेपत्ता भएका थिए ।