साउन १०, काठमाडौै । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ध्रुव कुमार पौडेल नियुक्त भएका छन् ।
कम्पनीको साउन ९ गतेको सञ्चालक समितिको बैठकले पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । पौडेलको कार्यकाल आगामी ४ वर्षको हुने कम्पनीले नेप्सेमार्फत जानकारी दिएको छ ।