यही मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनतर्फका समानुपातिक उम्मेदवारलाई परिचय पत्र दिइने भएको छ । प्रदेश तथा प्रतिनिधि सभाका समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारहरूलाई परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको निर्वाचन आयोगले जनाएको हो । समानुपातिकतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारहरूले परिचयपत्र माग्न आएमा उनीहरूलाई परिचय पत्र दिइने आयोगले जनाएको छ । परिचय पत्र माग्न आएका समानुपातिकतर्फका उम्मेदवारलाई प्रदेश तथा जिल्ला निर्वाचन कार