कञ्चनपुर ः कृष्णपुर नगरपालिकाका किसानलाई परिचय पत्र वितरणको कार्य सुरु गरिएको छ। नगरपालिका र राष्ट्रिय कृषक समूह महासंघको संयुक्त सहकार्यमा किसानलाई वर्गीकरणसहितको परिचय पत्र वितरणको कार्य सुरु गरिएको हो।किसानलाई चार भागमा विभाजित गरी परिचय पत्र वितरणको कार्य सुरु गरिएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लाल बहादुर धामीले बताए।उनका अनुसार भूमिहीन, सीमान्तकृत, किसान मजदुरलाई एक श्रेणी, साना किसान, मझौला किसान र ठूला किसानलाई अलग अलग श्रेणीमा वर्गीकरण गरी परिचय पत्र उपलब्ध गराउने