काठमाण्डाै – काठमाण्डौबाट फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी बाटोमै रोकिएका छन् । केही गाडी सिसडोल र केही त्योभन्दा तल रोकिएका काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।
स्थानीयबासिन्दाको अवरोध आज पनि कायमै रहेकाले सुरक्षाकर्मीको उपस्थितिमा फोहोर बञ्चरेडाँडामा पुर्याइने उहाँले बताउनुभयो । उहाँका अनुसार प्रहरीको टोली पुगिनसकेकोले अहिले फोहोर बोकेका गाडी बाटोमै रोकिएका हुन् । प्रहरी पुग्नासाथ फोहोरका गाडीलाई बञ्चरेडाँडामा पुर्याइनेछ । काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थाप...