उत्तर कोरियाले पहिलो पटक दक्षिण कोरियातर्फको सामुद्रिक सीमामा क्षेप्यास्त्र प्रहार गरेको छ । कोरिया विभाजन भएयता पहिलो पटक दुई देशबीचको समुद्री सीमा पार हुने गरी क्षेप्यास्त्र प्रहार भएको बीबीसीले जनाएको छ । उत्तर कोरियाले बिहान पूर्व र पश्चिममा गरी कम्तीमा १० वटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । छोटो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र दक्षिणको सोक्चो सहरबाट झन्डै ६० किलोमिटर पर खसेको थियो । त्यसले उलेउंगडो टापुमा हवाई आक्रमणको अलार्म बजेको थियो । सरकारले टापुका बासिन्दाहरूलाई भूमिगत आश्रयस्थलमा जान भ...