उत्तर कोरियाले मध्यपूर्व वा अफ्रिकामा ढुवानीको आवरणमा रसियालाई “महत्वपूर्ण“ तोपगोला बारूद पठाउँदै गरेको संयुक्त राज्य अमेरिकाले दाबी गरेको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले अमेरिकी अधिकारीहरूलाई रुसले गोलाबारुद प्राप्त गरेको छ कि छैन भन्ने थाहा नभएको तर ढुवानीको अनुगमन गर्ने प्रयास गरिरहेको बताए।उत्तर र दक्षिण कोरियाले एक अर्कालाई लक्षित गरेर क्षेप्यास्त्र प्रहार गरिरहेका बेला अमेरिकाको उक्त भनाइ आएको हो । अमेरिकी दाबीबारे उत्तर कोरिया र रुसले कुनै टिप्पणी गरे