उत्तर कोरियाले रुसलाई हतियार दिने गरेको अमेरिकी दाबी

काठमाडौं : उत्तर कोरियाले रुसलाई महत्वपूर्ण हतियार पठाउने गरेको अमेरिकाले दाबी गरेको छ। ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले अमेरिकी अधिकारीहरूलाई रुसले गोलाबारुद प्राप्त गरेको छ कि छैन भन्ने थाहा नभएको तर ढुवानीको अनुगमन गर्ने प्रयास गरिरहेको बताएका छन्।उत्तर र दक्षिण कोरियाले एक अर्कालाई लक्षित गरेर क्षेप्यास्त्र प्रहार गरिरहेका बेला अमेरिकाको उक्त भनाइ आएको हो।  अमेरिकी दाबीबारे उत्तर कोरिया र रुसले कुनै टिप्पणी गरेका छैनन्। बुधबार उत्तर र दक्षिण कोरियाले एक अर