नेपालसहित विश्वभरि नै गत शनिबार ‘आशा जगाऔं, जीवन बचाऔं,’ भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस मनाइयो । नेपालमा आत्महत्याका कारण दैनिक १९/२० जनाको ज्यान गइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । आत्महत्या रोकथामका लागि विभिन्न कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । तर त्यसले आत्महत्या रोकथामका लागि त्यति धेरै प्रयास गरेको भने देखिँदैन । […]