मानसिक स्वास्थ्य प्रवर्द्धनमा सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मनोसामाजिक सुस्वास्थ्यको प्रवद्र्धन तथा आत्महत्या न्यूनीकरणमा ठोस कदम चाल्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कोशिश संस्थाद्वारा विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा उाले यसको निराकरणका लागि सबैको साथ र सहयोग अपरिहार्य भएको बताएका हुन्। सबैको सहकार्यमा आत्महत्या न्यूनीकरणका लागि बहुक्षेत्रीय कार्ययोजनाको निर्णय गरी अविलम्ब कार्यान्वयन गरिनुपर्नेमा जोड दिँदै उनले जीवनलाई जोगाउँदै सुनौलो भविश्यको निर्माण गर्नुपर्छ भन्नेम...