नेपाली काँग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले संविधानकै रक्षाका कारण तीन तहमा गठबन्धन गरिएको बताएकी छन् ।सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पाँच दलीय गठबन्धन कुनै व्यक्तिको हित रक्षाका लागि नभएर यसअघिको सरकारका असंवैधानिक र अलोकतान्त्रिक क्रियाकलापलाई सच्याउन विभिन्न विचारका दलबीचको सहकार्य भएको बताइन् । उनले भनिन्, ‘यो गठबन्धन विभिन्न विचारधाराका दलहरूको साझा घरजस्तै बनेको छ । यो नेपाली जनता र राष्ट्रको उज्ज्वल भविष्य सुनिश्चितताका लागि बनेको हो ।’ बिते