नाराबाजी र होहल्लाका बीच संसदमा पेश भयो एमसीसी

आजको प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता पेश भएको छ। नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) बीच भएको अनुदान सहायता सम्झौता (Millennium Challenge Compact) आज संसदमा पेश भएको हो।अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् । सम्झौता पेश गर्दै उनले यस सम्झौत्ता कार्यन्वयनमा गएपछि हुने फाइदा र यस आयोजना संसदबाट अनुमोदन गर्नु पर्ने कारणबारे प्रष्ट पारेका थिए।एमसीसी पेश गर्ने क्रममा सत्तारुढ दल कै केहि सांसदले समेत उठेर बिरोध गरेका थिए । त्यस्तै एमालेले आजको बैठकमा पनि विरोध जारि राखेको छ । आज बिहान मात्र अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्न सत्ता गठबन्धनभित्र सहमति जुटेको हो । आइतबार बिहान बसेको गठबन्धनका शीर्ष नेताको बैठकले एमसीसी संसदमा टेबल गर्ने विषयमा सत्ता सहमति गरेको हो । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक बसेको थियो । संसदको अर्को बैठक फागुन १२ गते बिहिबार बस्ने छ।

सम्बन्धित सामग्री

सार्वजनिक कार्यक्रमस्थलमै प्रधानमन्त्रीविरुद्ध नाराबाजी

सार्वजनिक कार्यक्रमस्थल मै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सोमबार भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको कार्यक्रमलाई सम्बोधन गर्न लाग्दा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी भएको हो । नागरिकता विधेयक र एमसीसी खारेजको माग गर्दै प्रधानमन्त्री देउवाविरुद्ध केही युवाले नाराबाजी गरेका हुन् ।  प्लेकार्डसहित नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं, स्वाधिनताको रक्षा गरौं जस्ता नारा लगा

प्रधानमन्त्री सहभागी कार्यक्रममा नागरिकता विधेयक खारेज गर भन्दै नाराबाजी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा नागरिकता विधेयक खारेजीको माग गर्दै एक हुलले नाराबाजी गरेको छ। सोमबार कमलादिस्थित प्रज्ञाभवनमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा नागरिकता विधेयक खारेज गर, एमसीसी मुर्दाबाद,देउवा मुर्दाबाद,राष्ट्रियताको रक्षा गरौं भन्दै होहल्ला भएको छ। उद्घोषकले प्रधानमन्त्री देउवालाई मन्तव्‍य दिन बोलाएपछि केही व्यक्तिले नाराबाजी गरे। कार्यक्रम स्थलमा नाराबाजी हुन […]

भोट हाल्न पुगेका सञ्चारमन्त्री कार्कीविरुद्ध नाराबाजी

सुनसरी :  सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीविरुद्ध गृहनगर सुनसरीमा नाराबाजी भएको छ।शुक्रबार मन्त्री कार्की मतदानका लागि गृहनगर सुनसरीको बराह क्षेत्र नगरपालिका पुगेका थिए।  नगरपालिकाको वडा नम्बर ६ को मतदान स्थल मा मतदान गर्नका लागि जाँदा केही युवाहरुले नाराबाजी गरेका थिए।एमसीसी मुर्दावाद, ज्ञानेन्द्रबहादुर कार्की मुर्दावाद लगायत नारा लगाएका थिए। केहीबेरको तनावपछि प्रहरीले भीड नियन्त्रण गरी कार्कीलाई मतदान गर्न लगाएका थिए।

प्रतिनिधि सभा बैठकमा एमाले सांसदको नाराबाजी

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरुले नाराबाजी गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरे लगत्तै एमालेका सांसदहरुले नाराबाजी सुरु गरेका हुन् । आइतबार बैठकमा एमसीसी अनुमोदन गर्ने कार्यसूची छ ।

बानेश्वरमा एमसीसी विरुद्ध प्रदर्शन जारी, तस्बिरहरु

आज बस्ने प्रतिनिधि सभा बैठकबाट एमसीसी परियोजनासम्बन्धी सम्झौता पारित गर्ने तयारी भइरहँदा नयाँ बानेश्वरमा एमसीसी विरोधी प्रदर्शन जारी रहेको छ । एमसीसीविरोधी प्लेकार्डसहित यतिबेला मानिसहरू सडकमा नाराबाजी गरिरहेका छन् ।यता एमसीसी विरुद्धको प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ । विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो ।

एमसीसी टेबल गर्दा माओवादी र समाजवादीका सांसदको पनि नाराबाजी

काठमाडौँ– अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल भएको छ। अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा एमसीसी पेश गरेका हुन्। मन्त्री कार्कीले एमसीसी टेबल गर्दैगर्दा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले पनि नाराबाजी गरेका थिए। माओवादी केन्द्रका देव गुरुङसहितका नेताको विरोध तथा एमालेका भीम रावल, जनमोर्चाकी दुर्गा पौडेल तथा नेपाल मजदुर किसान […]

संसद्भित्र प्रतिपक्षीको नाराबाजी, बाहिर सत्तापक्षकै आन्दोलन

प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका छन् । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसद रोस्टम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् । एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै निरन्तर संसद्मा अवरोध गर्दै आएको छ । यहीबीचमा एमाले सांसद भीम रावलले एमसीसी पेस गर्न लगिएकोमा विरोध जनाएका छन् । यसअघि माओवादी प्रमुख सचेतक देव गुरुङले पनि सर्वदलीय सहमतिमा एमसीसीबारे निर्णय गर्नुपर्ने बताएका थिए । यस्तै नेमकिपाका सांसद प्रेम सुवाल, जनमोर्चाकी सांसद दुर्गा पौडेलले पनि एमसीसीको विरोध

प्रतिनिधिसभामा एमसीसी टेबल

प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल भएको छ। अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आइतबारको बैठकमा एमसीसी टेबल गरेका हुन् । कार्कीले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी जारी राखेका थिए ।यस्तै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका उल्लेख्य सांसदहरुले पनि प्रस्ताव बाचन हुँदै गर्दा विरोधमा नाराबाजी गरेका थिए । यसैगरी राष्ट्रिय जनमोर्चा, नेमकिपाका सांसद पनि विरोधमा रहे ।सत्तारुढ दलको आजै बसेको बैठकमा एमसीसी टेबल गर्ने सहमति

संसदमा एमालेको नाराबाजी

प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसद रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् ।तर, एमाले सांसद भीम रावलले एमसीसी पेस गर्न लागिएकोमा विरोध जनाएका छन् । यसअघि माओवादी प्रमुख सचेतक देव गुरुङले पनि सर्वदलीय सहमतिमा एमसीसीबारे निर्णय गर्नुपर्ने बताएका थिए । एमालेले माधवकुमार नेपालसहित १४ जना गरेको कारबाहीअनुसार सांंसदबाट पदमुक्त गर्न माग गर्दै २३ भदौबाट संसद अवरुद्ध गर्दै आएको छ ।

एमसीसी खारेजको माग गर्दै राप्रपा सडकमा, राजतन्त्रको पक्षमा नाराबाजी

काठमाडौं : अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा राष्ट्रिय प्रजातन्त्रिक पार्टी (राप्रपा)ले प्रर्दशन गरेको छ। बुधवार दिउँसो काठमाडौंको माइतीघरमा जम्मा भएका प्रर्दशनकारीले नाराबाजी गर्दै बबहरमलस्थित जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोणसभा गरे। उनीहरुले त्यहाँ एमसीसी राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने नारा लगाएका थिए। त्यस्तै, राजा आउ देश बचाउ भन्ने नारा पनि गुञ्जायमान भएको थियो। पार्टीको…