प्यूठानको माण्डवी गाउँपालिका–२ धनचौरका स्थानीय चार दिनदेखि पहिरोको डरले जंगल र विद्यालयमा आश्रय लिइरहेका छन् । पहिरोपीडितलाई खाद्यान्न, लत्ताकपडा र बासको समस्या छ । देवीस्थान–तिराम सडक एक सातादेखि पहिरोलेअवरुद्ध हुँदा पीडितसमक्ष पुग्न कठिन भइरहेको माण्डवीका उपाध्यक्ष पूर्णप्रसाद कालाथोकीले बताए ।