विश्वभर धुमधामसाथ मनाइने इस्वी संवत्को नयाँ वर्ष २०२३ नेपालका मुख्य सहरमा भेला भएर एकापसमा शुभकामना आदानप्रदान गरी खुसियालीका साथ मनाइएको छ । गे्रगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२३ सुरु भएको छ । यस अवसरमा शुक्रबार बेलुकीदेखि नै मानिसहरू नयाँ वर्ष मनाउन भेला भएका थिए ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुआत भएको भन्ने भनाइ छ । पोप गे्रगोरीले जुलियन पात्रोअनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले दुई सय...