कास्की - पोखरेलीहरुले सडकबाटै अङ्ग्रेजी नयाँ २०२३ को स्वागत तथा २०२२ को बिदाइ गरेका छन् ।
अङ्ग्रेजी नयाँ वर्षको अवसरमा रेवान पोखराले आयोजना गरेको २४औँ पोखरा सडक महोत्सवको रमाइलोसँगै अङ्ग्रेजी नयाँ वर्षको स्वागत गर्न शनिवार हजारौँ पोखरेलीहरु लेकसाइड पुगेका थिए । उनीहरुले मध्यरातमा सडकबाटै एक आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गरे ।
राति १२ बज्नै लाग्दा पटक पट्काउँदा सडकमा रहेका हजारौँ पाेखरेली उत्साही भएका थिए । रेवान पोखराले सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ भन्ने नाराका&n...