जुम्ला : नेपाल सरकारले विपन्नको उपचारमा सहज पहुँच होस् भनी स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ। ६२ हजार व्यक्तिले स्वास्थ्य बिमा गरे पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मनोमानीले बिमितले सास्ती पाएका छन्।स्वास्थ्य बिमा बोर्ड जुम्लाका अनुसार जुम्लाका ६२ हजार व्यक्तिले स्वास्थ्य बिमा गरेका छन्। यसबाट प्रतिष्ठानको आयस्रोत बढे पनि प्रतिष्ठानले बिमितलाई सहज उपचार भने दिन सकेको उनीहरूको गुनासो छ।चन्दननाथ नगरपालिका–५ की राइदेवी कार्की मधुमेह लगायतका समस्याकी दीर्घरोगी हुन्। उनी उपचा