कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार भएको देखिएको छ। भौगोलिक विकटताका कारण सबै ठाउँमा यातायातको पहुँच नपुगेको कर्णालीको स्वास्थ्य सूचकमा आंशिक सुधार देखिएको छ।
जुम्ला । कुनै समय सिटामोल नपाइने कर्णालीमा अहिले विशेषज्ञ स्वास्थ्य सेवादेखि डाक्टर पढाइसमेत भइरहेको छ । २०६८ मा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनस्वास्थ्य, नर्सिङ र चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालित छन् । एकदशकअघिसम्म हवाईजहाजमा बिरामी पठाउने जुम्लाले अहिले मुलुकलाई डाक्टर दिइरहेको छ । ३ सय शय्याको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीलगायत विकट क्षेत्रको भरोसा […]
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले इन्डोस्कोपी सेवा सञ्चालनमा ल्याएको छ। आइतबार र बुधबार हप्ताको दुई दिन सञ्चालन हुने गरी सेवा सञ्चालनमा ल्याइएको प्रतिष्ठानका उपकुलपति मंगल रावलले जानकारी दिए।
योसँगै...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्यानडाको मेमोरियल विश्वविद्यालय न्यूफाउन्डल्यान्डबीच सम्झौता भएको छ।स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानका विषयमा सहकार्य गर्न दुई संस्थाबीच सम्झौता भएको हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले तीन सय ५६ जनाको एकमुष्ट स्वास्थ्य बिमा गरेको छ । प्रतिष्ठानले स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी गरी दुई सय २७ जना र प्रतिष्ठानमा अध्ययनरत एक सय...