ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गए राति आगलागी हुँदा चार घर जलेका छन् । गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन् । चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत अन्य सामग्री जलेका छन् । पीडितका एकसरो लत्ताकपडाबाहेक सबै खरानी भएका उनले बताए । जिल्ला […]
मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रिपरिषद् कार्यालयका सुब्बालाई हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका पूर्वप्रदेश सांसद परमेश्वर साहसहित दुई जना एक/एक हजार धरौटीमा छुटेका छन् ।
तनहुँ। हालैको वर्षाले तनहुँमा रु एक करोड बराबरको धानबालीमा क्षति भएको छ। कृषि ज्ञान केन्द्रकाअनुसार जिल्लाको धानबालीमा रु एक करोड तीन लाख ७३ हजार पाँच सय ४१ बराबरको क्षति भएको छ। जिल्लाका घिरिङ, म्याग्दे, आँबुखैरेनी गाउँपालिका र व्यास नगरपालिकाको तीन सय तीन मेट्रिक टन धानमा क्षति पुगेको छ। घिरिङमा रु चार लाख ८६ हजार, म्याग्देमा […]
सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्नो सातौं वार्षिक साधारण सभा मंसिर २६ गते भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बिहान ११ बजेबाट गर्ने भएको छ। कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले सभा बोलाउने निर्णय गरेको हो। कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल २० प्रतिशत लाभांश पारित गर्ने मुख्य एजेन्डा सभामा प्रस्तुत गरिनेछ। प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत […]
तनहुँ– व्यास नगरपालिका–३ देउरालीनगर र व्यास–१ को भादगाउँ जोड्न बुल्दीखोलामा धमाधम पक्की पुल निर्माण भइरहेको छ । तीन वर्षअघि निर्माण सम्पन्न गरिसक्नुपर्ने पुलको ३७ प्रतिशतमात्र काम पूरा भएको छ । पूर्वाधार विकास कार्यालयका इन्जिनियर रवीन्द्र तिवारीका अनुसार निर्माण कम्पनीले गुणस्तरहीन काम गरेको २५ मिटर लामो पुलको गडरमध्ये एक भाग भत्काएर पुनर्निर्माण थालिएको छ । हाल […]