चितवन –चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाललाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिन्नु भएको छ ।
पछिल्लो मत परिणाम अनुसार सुवेदीले ३ हजार ७५ मत ल्याउनु भएको छ भने माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३ हजार ४६ मत प्राप्त गर्नु भएको छ । भरतपुर महानगरमा दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।