कुर्था,जनकपुरधाम-जयनगर रेल चाँडै सञ्चालनमा ल्याउने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले बताएकी छन्। शुक्रवार जनकपुरधाम उद्योग वाणिज्य सङ्घले रेल चाँडै सञ्चालनमा ल्याउन माग गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री यादवले अध्यादेश ल्याएर भए पनि रेल चाँडै सञ्चालनमा ल्याउने तयारी रहेको बताइन् ।