काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेपालमा संघीयता सही ढंगले अघि बढ्न नसकेको टिप्पणी गरे।बिहीवार काठमाडौंमा न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले अहिले पनि नेपालमा केन्द्रीय ढंगले नै काम हुने गरेको बताउँदै प्रदेशलाई दिनुपर्ने अधिकार संघले नदिएको आरोप लगाए।‘नेपालमा संघीयता सही ढंगले अघि बढ्न सकेको छैन। अहिले पनि एक हिसाबले भन्ने हो केन्द्रीय प्रणालीजस्तो ढंगले नै अगाडि बढेको छ,’ उनले भने‚ ‘अधिकारहरु पनि प्रदेशलाई जति दिनुपर्ने दिएको छैन, बजेट पनि