काठमाडौं : विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पुगिसक्दा पनि शान्ति प्रक्रियाका महत्वपूर्ण कामहरू अझै पूरा हुन सकेका छैनन्।१० बर्से सशस्त्र द्वन्द्व गरेको तत्कालीन माओवादी र राज्यपक्षबाट सम्झौतामा हस्ताक्षर गरेको पार्टी नेपाली कांग्रेस पटक पटक सरकारको नेतृत्वमा पुग्दासमेत शान्ति प्रक्रियालाई टुंगोमा नपुर्याउँदा काम जहाँको त्यहीँ छ।अरु त परै जाओस् द्वन्द्वका क्रममा बेपत्ता पारिएकाहरूको अवस्थासमेत अझैसम्म सार्वजनिक हुन सकेको छैन।बेपत्ता नागरिक छानबिन आयोगका प्रवक्ता गंगाधर अधिकारी ब