रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ७० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकको घर–घरमै पुगेर स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि समेत प्रदान गर्ने अभियान सुरु गरेको छ ।ज्येष्ठ नागरिकलाई आधारभूत स्तरको स्वास्थ्य सेवा सहज रुपमा पुर्याउने नीतिअनुसार नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ । स्वास्थ्यलाई केन्द्रमा राखेर यो कार्यक्रम १७ वटै वडामा संचालन गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिएका छन् ।कार्यक्रमअनुसार हरेक वडामा दुई–दुई स्वास्थ्यकर्मीले नागरिकको घरदैलोमै