फागुन १६, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार कारोबारमा आएका २२७ ओटा धितोपत्रमध्ये अपि पावर कम्पनीको धितोपत्रको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
कम्पनीको रू. १६ करोड ९ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४९८ दशमलव ९० कायम भएको छ । यस दिन कम्पनीको ३ लाख १८ हजार २८३ कित्ता शेयर खरीदविक्री भएको हो ।
कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेकाले पनि सर्वाधिक शेयर खरीदविक्री भएको हो । कम्पनीले १:०.३९३६ अर्थात् ३९ दशमलव ३६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ ।
उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनी प्रतिकित्ता रू. १०० अंकित दरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निकाष्सन गर्ने तयारीमा रहेको हो ।