काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चत गर्न आग्रह गरेको छ। बुधबार एक विज्ञप्ति निकालेर आयोगका प्रवक्ता टीकाराम पोखरेलले राजनीतिक दलहरूले गठबन्धन बनाई उम्मेदवार मनोनयन गर्दा प्रमुख र उपप्रमुख दुवै पदमा पुरुषमात्र उम्मेदवार बनाउन सक्ने सम्भावना देखिएको बताएका छन्।यसले राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा महिलाको सहभागी हुने हकको प्रत्याभूति हुन नसक्ने जारी विज्ञप्तिमा भनिएको छ।आयोगले आसन्न स्थानीय तह निर