लुम्बिनी बौद्ध विश्वविद्यालयमा तालाबन्दी

लुम्बिनी बौद्ध विश्वविद्यालयमा अनलाइन कक्षाको पुरै शुल्क उठाएको भन्दै आज विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।विश्वविद्यालयले कोरोना माहामारीको समयमा सञ्चालन गरेको अनलाइन कक्षाको समेत पूरै शुल्क उठाएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले  क्याम्पसको लेखा शाखा र परिक्षा शाखामा तालाबन्दी गरेको हो ।क्याम्पस प्रशासनले कोभिड १९ को चपेटामा परेका विद्यार्थीहरुलाई भौतिक उपस्थिति नभई एवं क्याम्पसको कुनै पनि प्रयोगात्मक सामग्री प्रयोग  नगरेको अवस्थामा अनलाइन क