कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा गोली प्रहार गरेर हत्या गरिएका मोहम्मद दर्जी उर्फ लाल मोहम्मद बस्ने घर नजिकै एउटा गेष्ट हाउस छ । सो गेष्ट हाउस हो–‘कोशीपारी गेष्ट हाउस एण्ड होटल ।’ ३० भदौमा साँझ एकजना मानिस सो गेष्ट हाउसमा पाहुना बनेर गएका थिए । तिनै पाहुनाले करिब २ सय मिटर पर ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’ नामको गार्मेन्ट उद्योग चलाउने ५८ वर्षका लाल मोहम्मदको हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।गेष्ट हाउसमा पुगेका पाहुना