लाल मोहम्मद हत्या प्रकरण : १५ दिनअघि पनि गोली प्रहार, संवेदनशील सूचनामा प्रहरीको खेलाँची

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा सोमबार मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या भयो । मोटरसाइकलमा आएका ३ जना युवाले सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका ५८ वर्षीय मोहम्मदलाई गोली हानेर भागेका हुन् । उपचारको क्रममा शिक्षण अस्पतालमा उनको मृत्यु भएको उपत्यका प्रहरी कार्यालयका एआईजी रबिन्द्रबहादुर धानुकले जानकारी दिए ।अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार उनलाई सुटरहरुले दोस्रो प्रयासमा हत्या गरेका हुन् । १५ दिनअघि उनीमाथि बौद्ध क्षेत्रको जम्बुडाँडास्थित प्रहरी चौकी