‘फरार’गौतमश्री बहुउद्देश्यीय सहकारीका सञ्चालक सम्पर्कमा

बचतकर्ताहरुको रकम लिएर फरार भएका गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था कुलेश्वरका अध्यक्ष राम बहादुर गौतम सम्पर्कमा आएका छन् । गौतमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफू नभागेको तर व्यक्तिगत काम विशेषले केहीदिन नेपाल बाहिर गएको बताएका छन् । अन्य कम्पनीको काम विशेषले आफू नेपाल बाहिर गएको र सोही समयमा मोबाइल सम्पर्कबाहिर हुँदा बचतकर्ताहरुले रकम खाएर भागेको भन्ने हल्ला मच्चाएको गौतमले विज्ञप्तिमार्फत बताएका छन् । हाल आफू नेपाल फर्किसकेको र सहकारीको समस्या समाधानमा लागिसकेको समेत गौतमले बत

सम्बन्धित सामग्री

बर्तौला बने समृद्धि फाइनान्सको सञ्चालक

समृद्धि फाइनान्सको सञ्चालक समितिले संस्थापक सेयरधनी पद्मोदय प्राइभेट लिमिटेडको तर्फबाट दिनेशकुमार बर्ताैलालाई सञ्चालक पदमा नियुक्त गरेको छ । कम्पनीले प्रतिनिधि सञ्चालक रामकुमार बर्तौलाको स्थानमा दिनेशकुमार बर्तौलालाई मनोनीत गरी पठाएपछि उनी सञ्चालकमा नियुक्त...

गरिमा क्यापिटलमा नयाँ सञ्चालक

गरिमा क्यापिटलको स्वतन्त्र सञ्चालकमा महेशप्रसाद काफ्ले र नगीमा श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको बैठकबाट काफ्ले र श्रेष्ठ नियुक्त भएका हुन्।...

मध्यभोटेकोसीमा चारजना सञ्चालक निर्वाचित

मध्यभोटेकोसी जलविद्युत् आयोजनाको सञ्चालक समितिमा सर्वसाधारणका तर्फबाट चारजना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको दसौँ र एघारौँ वार्षिक साधारणसभाले सर्वसाधारण समूहको तर्फबाट रामकुमार थेबे, रमा खड्का, भूमिनन्द अर्याल र गोविन्दप्रसाद पराजुली...

सिबिआईएल क्यापिटलमा स्वतन्त्र सञ्चालक नियुक्त

सिबिआईएल क्यापिटल लिमिडेटको स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ । यही पौष २४ गते बसेको १०५औं सञ्चालक समितिको बैठकले साविकका स्वतन्त्र सञ्चालक रीता सुवेदी र प्रज्वल जङ्ग पाण्डेको पदावधि समाप्त भइ रिक्त रहेको पदमा जोत्सना बोहोरा पाण्डे र अभिजित मुललाई नियुक्त गरेको हो । स्वतन्त्र सञ्चालक जोत्सना बोहोरा पाण्डेको विभिन्न बिमा कम्पनीहरुमा १८ वर्षभन्दा बढीको व्यवस्थापकीय […]

गौतमश्री सहकारीको सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन

काठमाडौँको कुलेश्वरमा कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन भएका छन् । २५ हजार सदस्य रहेको संस्थाका सञ्चालक तथा व्यवस्थापक सम्पर्कविहीन भएपछि पीडित सदस्य आइतबार बिहानै सहकारी विभाग पुगेका थिए । सो संस्थाका २५० भन्दा बढी सदस्यले आफ्नो निक्षेप फिर्ता गर्न माग गर्दै सञ्चालक र व्यवस्थापकविरुद्ध विभागमा उजुरी दिएका छन् ।विभागले सहकारीका सञ्चालक तथा व्यवस्थापकका खाता रोक्का राख्न राष्ट्र बैङ्कमार्फत बैङ्क तथा वित्तीय संस्थालाई अनुरोध पठाइसकेको छ ।विभाग

मञ्जुश्री फाइनान्सको सञ्चालक सदस्यमा अधिकारी

काठमाडौं, ८ फागुन । मञ्जुश्री फाइनान्स लिमिटेडले सञ्चालक सदस्यमा सुमन प्रसाद अधिकारीलाई नियुक्त गरेको छ । फागुन ६ गते बसेको फाइनान्सको सञ्चालक समितिको निर्णयले अधिकारीलाई सञ्चालक सदस्य पदमा नियुक्त गरेको हो । सञ्चालक सदस्यमा रहेका रविन राज देवकोटाले सञ्चालक पदबाट राजीनामा दिएपछि रिक्त पदमा उनलाई नियुक्त गरिएको हो ।

राधी विद्युत् कम्पनीको सञ्चालक फेरीए

काठमाडौं, २२ असोज । राधी विद्युत् कम्पनीको सञ्चालक परिवर्तन गरिएको छ । कम्पनीले आज शेयरधनी कसुवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक दिपेन्द्र लाल कर्णको ठाउँमा शेयरधनी साङ्गे विद्युत् कम्पनी लिमिटेडको तर्फबाट पुनम कार्की क्षेत्रीलाई सञ्चालक पदमा नियुक्त गरेको जानकारी दिएको हो ।

ग्लोबल आइएमई लघुवित्तका सञ्चालक श्रेष्ठको राजीनामा

काठमाडौँ / ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका सञ्चालक परमेश्वर श्रेष्ठले सञ्चालक पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा संस्थाको असार २९ गते बसेको सञ्चालक समितिको १३८

प्रभु इन्स्योरेन्समा सञ्चालक परिवर्तन

प्रभु इन्स्योरेन्स कम्पनीमा सञ्चालक समिति परिवर्तन भएको छ । कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनी नेपाल होल्डिङ प्रालिको तर्फबाट कृष्णबहादुर कुंवरको प्रतिनिधित्व रहेकोमा उनको सट्टामा अबदेखि केशवराज आचार्यले प्रतिनिधित्व गर्नेछन् । वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले हालको नेपाल होल्डिङ प्रालि (साविकको नेपाल मनी रेमिट प्रालि) को तर्फबाट आचार्यलाई चयन गरेको कम्पनीले जनाएको छ ।

बीमा समितिका सञ्चालक र अध्यक्ष स्वतः प्राधिकरणको सञ्चालक र अध्यक्ष हुने

बीमा समिति बीमा प्राधिकरणमा रूपान्तरण भएपछि बीमा समितिका सञ्चालक र अध्यक्ष स्वतः प्राधिकरणको सञ्चालक र अध्यक्ष हुने भएका छन्