प्रभु इन्स्योरेन्समा सञ्चालक परिवर्तन

प्रभु इन्स्योरेन्स कम्पनीमा सञ्चालक समिति परिवर्तन भएको छ । कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनी नेपाल होल्डिङ प्रालिको तर्फबाट कृष्णबहादुर कुंवरको प्रतिनिधित्व रहेकोमा उनको सट्टामा अबदेखि केशवराज आचार्यले प्रतिनिधित्व गर्नेछन् । वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले हालको नेपाल होल्डिङ प्रालि (साविकको नेपाल मनी रेमिट प्रालि) को तर्फबाट आचार्यलाई चयन गरेको कम्पनीले जनाएको छ ।

सम्बन्धित सामग्री

प्रभु इन्स्योरेन्समा सञ्चालक परिवर्तन

असोज २६, काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीमा सञ्चालक समिति परिवर्तन भएको छ । कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनी कर्मचारी सञ्चयकोषको तर्फबाट विजय कुमार श्रेष्ठको प्रतिनिधित्व रहेकोमा उनको सट्टामा अबदेखि राजेन्द्र शाक्यले प्रतिनिधित्व गर्नेछन् । असोज २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार शाक्यलाई कम्पनीको सञ्चालकमा नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।