रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानी भएको दाङ देउखुरी गढवा गाउँपालिकाको एक गाउँमा विद्युत पुग्दा स्थानीय खुसी छन् । दसैंको मुखमा गढवा गाउँपालिका वडानम्बर २ चिमचिमे नाकाका ८५ घरधुरीले सल्लाको दियालोबाट मुक्त भएर उज्यालो देख्न पाएका हुन् । यसअघि गाउँमा बिजुली नहुँदा सल्लाको दियालो र सोलार टुकी तथा अन्य वैकल्पिक व्यवस्थाबाट उज्यालो बाल्नुपरेको थियो । भारतसँग […]