रगतको अभाव टार्न नेकपाद्वारा रक्तदान, माइला लामा भन्छन्- नागरिकलाई संकट पर्दा पार्टी साथमा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विप्लव नेतृत्वको नेकपा काठमाडौंले आइतबार रक्तदान कार्यक्रम आयोजना गरेको हो।नेपाल रेडक्रसको केन्द्रीय रक्तसंचार केन्द्रमा आयोजना गरिएको कार्यक्रममा करिब २ सय पार्टीका नेता कार्यकर्ता र समर्थक तथा शुभचिन्तकले रक्तदान गरेका थिए।नेकपाका केन्द्रीय सदस्य माइला लामाले कोरोनाका कारण राष्ट्र र नागरिकलाई परेको समस्यामा पार्टी पनि सहभागी भएको बताए। उनले केन्द्रीय रक्तसंचार केन्द्रमै रगतमा अभाव हुँदै गएको भन्ने जानकारी पाएपछि रक