नेपालीको महान् पर्व दसैँको चौतर्फी रौनकता छाएको छ । सहर बजारबाट मात्र होइन, घरपरिवारको जीविकाका लागि परदेसिएकासमेत गाउँ घर फर्केका छन् । हुने खानेदेखि हुँदा खानेसम्म सबैले आआफ्नो क्षमता, हैसियत अनुसार दसैँ मनाउने तयारीमा छन् ।
दसैँ नै हो कि यो मेरो दसा फर्किआएको,वर्ष नै पिच्छे किन यो मेरो टाउको खाएको, दसैँ आएको, दसैँ आएको, दसैँ आएको ।(शब्द : प्रेमबहादुर बस्नेत, संगीत : न्ह्यु बज्राचार्य, स्वर : योगेश्वर अमात्य) ।१८ वर्षअघि बजारमा आएको यस गीतमा गाउने हरफसँगै बोल्ने संवाद पनि छन् । दसैँ आएसँगै घरमूली पुरुषसँग छोराछोरी र श्रीमतीका अनेक माग हुन्छन् । ती माग पूरा गर्न घरमूलीसँग पैसा नभएको पीडा यो गीतमा व्यक्त हुन्छ । विशेषतः दसैँको एक खालको रौनक वा खुसीसँगै घरमूलीको दुःखतिर गीत बग्छ । प्रत्येक वर्ष दसैँ आउनु महिन
नेपालगञ्जको सांस्कृतिक पहिचानको रुपमा डेढसय वर्षदेखि सञ्चालन हुँदै आएको रामलीला महोत्सवले दसैँ पर्वको रौनक ल्याएको छ । प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला महोत्सव मञ्चन हुँदै आएको छ । यो वर्ष रामलीलाको एक सय ५५ औैँ संस्करण असोज १० गते घटस्थापनादेखि प्रारम्भ भएकोे छ । रामलीला महोत्सव यो वर्ष भव्यताका साथ सुरु भएकोे सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए । उनका अनुसार एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको एक सय ५३ र
काठमाडौँ,११ असोज । सिरहामा झिझिया नृत्यको रौनक सुरु भएको छ । घैँटोमाथि बलिरहेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैँमा साहस र कलाको अलौकिक प्रदर्शन नै झिझिया नृत्य हो । दसैँ सुरुसँगै गाउँगाउँमा झिझिया नाचिन्छ । पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिला क्षेत्रमा आफ्नै महत्व छ । दसैँमा देवी स्तुतिका रूपमा झिझिया नृत्य गरिन्छ । […]
जनकपुरधाम – दसैँ सुरु भएसँगै जनकपुरधामको रौनक बढेको छ । राजदेवी मन्दिरसहित जनकपुरधामका अन्य शक्तिपिठहरु सजाइएको हो । दसैँमा श्रद्धालुको केन्द्र बिन्दुको रुपमा रहेको राजदेवी मन्दिरलाई सिंगारिएको छ भने बौधीमाई, अन्नपूर्णा, पिडरिया माइस्थान लगायतका शक्तिपिठहरुलाई सजाइएको हो । दसैँको पहिलो दिननै सबै मन्दिरहरुमा पूजापाठ गर्नका लागि श्रद्धालु भक्तजनको भिड लागेको हो । राजदेवी मन्दिरको सरसजावटका […]
८ असोज, कपिलवस्तु (बुद्धभूमि) । दसैँ जति नजिकिँदै छ किनमेल पनि त्यति बढ्दै छ । व्यापार चम्कँदै छ । तर नेपालमा होइन सीमापारि । दसैंको मुखमा पनि कपिलवस्तुका मुख्य बजारहरु सामान्य सरह छन् । सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, गोरुसिङ्गे, जितपुर, गोरुसिङ्गे, पकडीलगायतका मुख्य बजारमा दसैँको कुनै रौनक छैन् । दसैंलाई सस्तो, राम्रो र आकर्षक सामग्री […]
काठमाडौँ– ठूली आमाको स्वर्गारोहणका कारण यसपालि दसैँ छैन । तर पनि दसैँ आउदा मलाई अर्कै रौनक लागेको छ । कोरोनाका कारण अहिले पनि सबैमा त्रास छ । एक्दम सुरक्षित भएर चाडपर्व मनाउनु पर्ने छ । बजारमा देखिएको भीडभाडले साँच्चै नै दसैँ आएको महसुस गराएको छ । तर,यसले संक्रमण बढ्ने हो की भन्ने डर सृजना गरेको […]
कर्णाली /सबैतिर दसैँको उल्लास छाउँदैछ । गाउँघर बाहिर रहेका दसैँ मनाउन धमाधम फर्कंदैछन् । आवश्यक सरसामान किनमेल र घरआँगन लिपपोतले दसैँको रौनक झनै बढाइदिएको छ तर, सुर्खेत उपत्यका नजिकको गिरिघाट बस्ती भने सुनसानजस्तै छ । यहाँ २०७१ साउन २८ र २९ गते भेरी नदीमा आएको भीषण बाढीले विस्थापित बनेका १०० भन्दा बढी परिवारको बसोबास छ […]
नेपाली व्यापारीले चीनबाट दसैँ/तिहारका लागि मगाएको सामान अझै आइपुगेको छैन । न्यूरोडका थोक (होलसेल) व्यापारीले चीनबाट मगाएको चाडपर्व लक्षित सामान नआइपुगेको हो । चीनबाट नेपालमा दसैँ/तिहारका लागि लत्ताकपडा, जुत्ता/चप्पल, इलेक्ट्रोनिक्स र खेलौना लगायत सामान ल्याइन्छ । लसुन, प्याज र स्याउसमेत आउने गरेको छ ।चीनबाट सामान नआइपुग्दा न्यूरोडमा अझै दसैँ/तिहार लक्षित व्यापारको रौनक बढ्न सकेको छैन । हिमालय सीमापार वाणिज्य संघका निर्वतमान अध्यक्ष बच्चु पौडेलले चीनबाट सामान अझैसम्म नआइपुगेको बताए । नेपाल–