दसैँ नै हो कि यो मेरो दसा फर्किआएको,वर्ष नै पिच्छे किन यो मेरो टाउको खाएको, दसैँ आएको, दसैँ आएको, दसैँ आएको ।(शब्द : प्रेमबहादुर बस्नेत, संगीत : न्ह्यु बज्राचार्य, स्वर : योगेश्वर अमात्य) ।१८ वर्षअघि बजारमा आएको यस गीतमा गाउने हरफसँगै बोल्ने संवाद पनि छन् । दसैँ आएसँगै घरमूली पुरुषसँग छोराछोरी र श्रीमतीका अनेक माग हुन्छन् । ती माग पूरा गर्न घरमूलीसँग पैसा नभएको पीडा यो गीतमा व्यक्त हुन्छ । विशेषतः दसैँको एक खालको रौनक वा खुसीसँगै घरमूलीको दुःखतिर गीत बग्छ । प्रत्येक वर्ष दसैँ आउनु महिन