कर्णाली /सबैतिर दसैँको उल्लास छाउँदैछ । गाउँघर बाहिर रहेका दसैँ मनाउन धमाधम फर्कंदैछन् । आवश्यक सरसामान किनमेल र घरआँगन लिपपोतले दसैँको रौनक झनै बढाइदिएको छ तर, सुर्खेत उपत्यका नजिकको गिरिघाट बस्ती भने सुनसानजस्तै छ । यहाँ २०७१ साउन २८ र २९ गते भेरी नदीमा आएको भीषण बाढीले विस्थापित बनेका १०० भन्दा बढी परिवारको बसोबास छ […]