काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीवार (आज) घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको ५९ लाख ५७ हजार ८५१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
कम्पनीले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।